एन्फा नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु

अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।

बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार चुनावी साधारणसभाको बन्द सत्र सकिएपछि मतदान सुरु भएको हो ।

एन्फाको आगामी चारवर्षे कार्यसमितिको अध्यक्षताका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ अध्यक्षका लागि चुनावी मैदानमा छन् ।

अध्यक्षका आकांक्षी दुवै आफ्नो प्यानलैसहित चुनावी मैदानमा छन् । उनीहरुलाई राजीव पौडेलले चुनौती प्रस्तुत गर्दै छन् ।

एन्फाको विधानअनुसार निर्वाचनमा खस्ने कुल मत ८७ हो । एन्फाका सदस्यता लिएका ४८ मध्ये ४५ जिल्लाले मताधिकार पाउँछन् । 

यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिगका १४, ‘बी’ डिभिजन लिगका १४ मध्ये ११ र ‘सी’ डिभिजन लिगका १४ मध्ये ९ राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लब तथा एन्फामा आबद्व चार संघले मताधिकार पाएका छन् ।



कुल मत ८७ भए पनि यसपटक ७४ मत मात्र खस्नेछ । दुई जिल्ला भक्तपुर र सिन्धुलीले चुनाव गर्न नसक्दा मतदानबाट वञ्चित भएका छन् । 

यस्तै, सिरहा जिल्लाबाट मताधिकार पाएका एन्फा कार्यसमिति सदस्य प्रवीणकुमार यादवले समयसीमाभित्र आफ्नो पदबाट राजीनामा नदिएका कारण उनी मतदानमा सहभागी हुन पाउने छैनन् ।



  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार १७:४३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया