विराटनगर विमानस्थल पीडित संघर्ष समितिले घोषणा गर्यो चरणबद्ध आन्दोलन

विराटनगर विमानस्थल पीडित संघर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आफ्ना माग पूरा गर्न मुख्यमन्त्री र जिल्ला प्रशासनलाई सातदिने अल्टिमेटम दिए पनि कुनै सुनुवाइ नभएको भन्दै संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो ।

चरणबद्ध आन्दोलनअन्तर्गत मंगलबार, बुधबार र बिहीबार बिहान ११ बजेदेखि १ बजेसम्म विराटनगर विमानस्थलको चेम्बर गेटमा धर्ना दिने, असार १० गते जग्गा प्राप्ति ऐन २०३४ विभेदकारी रहेकाले जिल्ला प्रशासन कार्यालय अगाडि जलाउने र ऐन परिमार्जन गर्न दबाब दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

त्यस्तै, असार ११ गते पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले पीडितसँग ज्ञापनपत्र बुझेर मुआब्जाको बजेटको व्यवस्था गर्छु भने पनि एकजना व्यापारी उद्योगीको बहकाउमा लागेर अमडुवामा विमानस्थल सार्ने जस्तो हावादारी कुराको पछि लागेर जनतालाई दुःख दिएकाले मुख्यमन्त्री कार्यालयअगाडि पुत्ला दहन गर्ने,  प्रमुख राजनीतिक दलहरुलाई हाम्रो आन्दोलनलाई समर्थन र अपनत्व ग्रहण गरिदिन पत्राचार गर्ने र ‘विराटनगरको विकास र अधुरा योजनाहरु’ शीर्षकमा शीर्षस्थ नेताहरुसँग अन्तर्क्रिया कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको संघर्ष समितिका संयोजक वेदराज पौडेलले बताए ।
 
उनले पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न हुँदासम्म माग पूरा नभए दोस्रो चरणमा थप कडा आन्दोलनमा उत्रने बताए ।
 
विमानस्थल पीडितलाई मुआब्जा तथा रोक्का राखिएको जमिन फिर्ता गर्ने विषयमा मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयले कुनै कदम नचालेकाले आन्दोलनमा उत्रन बाध्य भएको संघर्ष समितिका संयोजक पौडलले बताए ।





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार २१:१६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया