बागमती प्रदेश बजेटः मकवानपुरका १० स्थानीय तह, कुनलाई कति  ?

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि ७० अर्ब ९० करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ । चालू आर्थिक वर्षको भन्दा १३ अर्बभन्दा बढी बजेट ल्याएको प्रदेश सरकारले मकवानपुर जिल्लालाई ७५ अर्ब ८६ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

समानीकरण अनुदानतर्फ १३ करोड १५ लाख ३२ हजार रुपैयाँ बजेट प्रदेश सरकारले छुट्याएको छ । त्यस्तै, सशर्त अनुदानतर्फ  २६ करोड २२ लाख ९४ हजार रहेको छ भने विशेष अनुदानतर्फ ८ करोड १५ लाख अनुदान छुट्याइएको छ । त्यस्तै, समपूरक अनुदानमा ११ करोड ७० लाख रुपैयाँ, चालुतर्फ ४७ करोड ५२ लाख २६ हजार, पुँजिगततर्फ २८ करोड ३२ लाख ९४ हजार मकवानपुरलाई बागमती प्रदेश सरकारले विनियोजन गरेको छ । 

प्रदेश सरकारले जिल्लाका १० वटा स्थानीय तहमध्ये राजधानी रहेको हेटौँडा उपमहानगरपालिकाका लागि सबैभन्दा धेरै बजेट छुट्याएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका लागि विनियोजन गरेको छ । जिल्लाको एक उपमहानगरपालिकालाई ९ करोड ५८ लाख ४९ हजार, एक नगरपालिकालाई ७ करोड ४८ लाख २२ हजार र आठ गाउँपालिकाका लागि ५८ करोड ७९ लाख ४९ हजार बजेट विनियोजन भएको छ । 

कुन स्थानीय तहलाई कति ?

हेटौँडा
हेटौँडा उपमहानगरपालिकाको लागि प्रदेश सरकारले ९ करोड ५८ लाख ४९ हजार बजेट विनियोजन गरेको छ । जसमा समानीकरण अनुदानमा ३ करोड ५४ लाख ७९ हजार, सशर्त अनुदानमा ४ करोड ५३ लाख ७० हजार, समपूरक अनुदानमा १ करोड ५० लाख बजेट विनियोजन गरेको छ । यस्तै, चालूतर्फ ८ करोड ८ लाख ४९ हजार, पुँजीगततर्फ १ करोड ५० लाख बजेट आगामी आवका लागि प्रदेश सरकारले हेटौँडाको लागि छुट्याएको छ । 

थाहा
आगामी आर्थिक वर्षका लागि उत्तरी मकवानपुरको थाहा नगरपालिकालाई प्रदेश सरकारले ७ करोड ४८ लाख २२ हजार बजेट विनियोजन गरेको छ । जसमा समानीकरण अनुदानमा १ करोड ३४ लाख ३७ हजार, सशर्त अनुदानमा २ करोड ४२ लाख ४० हजार, समपूरक अनुदानमा २ करोड ९६ लाख ४५ हजार, विशेष अनुदानमा ७५ लाख बजेट विनियोजन गरेको छ । यस्तै, चालूतर्फ ४ करोड ५१ लाख ७७ हजार, पुँजीगततर्फ २ करोड ९६ लाख ५५ हजार बजेट आगामी आवका लागि प्रदेश सरकारले थाहा नगरका लागि छुट्याएको छ ।



इन्द्रसरोवर
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकालाई अन्य स्थानीय तहको तुलनामा कम बजेट विनियोजन भएको छ । इन्द्रसरोवरलाई ६ करोड २३ लाख ७८ हजार जसमा समानीकरण अनुदानमा ६८ लाख २० हजार, सशर्त अनुदानमा २ करोड १७ लाख ४ हजार, समपूरक अनुदानमा २ करोड ९८ लाख ५४ हजार, विशेष अनुदानमा ४० लाख बजेट विनियोजन गरेको छ । यस्तै, चालूतर्फ ३ करोड २५ लाख २४ हजार, पुँजीगततर्फ २ करोड ९८ लाख ५४ हजार बजेट आगामी आवका लागि प्रदेश सरकारले इन्द्रसरोवरका लागि छुट्याएको छ ।

मनहरी
मनहरी गाउँपालिकाको लागि प्रदेश सरकारले ७ करोड ९ लाख ७१ हजार बजेट विनियोजन गरेको छ । जसमा समानीकरण अनुदानमा १ करोड ३१ लाख ९२ हजार, सशर्त अनुदानमा २ करोड २ लाख ९० हजार, समपूरक अनुदानमा २ करोड ९९ लाख ८९ हजार, विशेष अनुदानमा ७५ लाख बजेट विनियोजन गरेको छ । यस्तै, चालूतर्फ ४ करोड ९ लाख ८२ हजार, पुँजीगततर्फ २ करोड ९९ लाख ८९ हजार बजेट आगामी आवका लागि प्रदेश सरकारले मनहरी गाउँपालिकाका लागि छुट्याएको छ ।



मकवानपुरगढी
मकवानपुरगढी गाउँपालिकाको योजनाका लागि ७ करोड ५० लाख ६१ हजार बजेट विनियोजन गरेको छ । जसमा समानीकरण अनुदानमा १ करोड १ लाख २३ हजार, सशर्त अनुदानमा २ करोड १४ लाख ३८ हजार, समपूरक अनुदानमा ३ करोड, विशेष अनुदानमा १ करोड ३५ लाख बजेट विनियोजन गरेको छ । यस्तै, चालूतर्फ ४ करोड ५० लाख ६१ हजार, पुँजीगततर्फ ३ करोड बजेट आगामी आवका लागि प्रदेश सरकारले मकवानपुरगढी गाउँपालिकालाई छुट्याएको छ ।

बकैया
मकवानपुरको बकैया गाउँपालिकाका लागि बागमती प्रदेश सरकारले ७ करोड ३७ लाख ९८ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये समानीकरण अनुदानमा १ करोड २५ लाख ८९ हजार, सशर्त अनुदानमा ३ करोड १२ लाख ४६ हजार, समपूरक अनुदानमा २ करोड ९९ लाख ४६ बजेट विनियोजन गरेको छ । यस्तै, चालूतर्फ ४ करोड ३८ लाख ३५ हजार, पुँजीगततर्फ २ करोड ९९ लाख ६३ हजार बजेट आगामी आवका लागि प्रदेश सरकारले बकैया गाउँपालिकालाई छुट्याएको छ ।

भीमफेदी
भीमफेदी गाउँपालिकाका लागि बागमती प्रदेश सरकारले ७ करोड ३१ लाख ८ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये समानीकरण अनुदानमा १ करोड २ लाख ६५ हजार, सशर्त अनुदानमा २ करोड ५४ लाख २० हजार, समपूरक अनुदानमा २ करोड ९९ लाख २३ हजार, विशेष अनुदानमा ७५ लाख बजेट विनियोजन गरेको छ । यस्तै, चालूतर्फ ४ करोड ३१ लाख ८५ हजार, पुँजीगततर्फ २ करोड २३ लाख ९९ हजार बजेट आगामी आवका लागि प्रदेश सरकारले भीमफेदी गाउँपालिकालाई छुट्याएको छ ।

कैलाश
जिल्लाको कैलाश गाउँपालिकाका लागि बागमती प्रदेश सरकारले ७ करोड ३५ लाख १३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये समानीकरण अनुदानमा ९० लाख २७ हजार, सशर्त अनुदानमा १ करोड १५ लाख, समपूरक अनुदानमा ३ करोड, विशेष अनुदानमा १ करोड १५ लाख बजेट विनियोजन गरेको छ । यस्तै, चालूतर्फ ४ करोड ३५ लाख १३ हजार, पुँजीगततर्फ ३ करोड बजेट आगामी आवका लागि प्रदेश सरकारले कैलाश गाउँपालिकालाई छुट्याएको छ ।

राक्सिराङ
जिल्लाको राक्सिराङ गाउँपालिकाका लागि बागमती प्रदेश सरकारले ८ करोड ५७ लाख ५८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये समानीकरण अनुदानमा ९६ लाख ९० हजार, सशर्त अनुदानमा ३ करोड १० लाख ६८ हजार, समपूरक अनुदानमा ३ करोड, विशेष अनुदानमा १ करोड ५० लाख बजेट विनियोजन गरेको छ । यस्तै, चालूतर्फ ५ करोड ५७ लाख ५८ हजार, पुँजीगततर्फ ३ करोड बजेट आगामी आवका लागि प्रदेश सरकारले  राक्सिराङ गाउँपालिकालाई छुट्याएको छ ।

बागमती
जिल्लाको बागमती गाउँपालिकाका लागि बागमती प्रदेश सरकारले ७ करोड ३३ लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये समानीकरण अनुदानमा १ करोड ९ लाख १० हजार, सशर्त अनुदानतर्फ १ करोड ८५ लाख ३२ हजार, समपूरक अनुदानतर्फ २ करोड ८९ लाख २० हजार, विशेष अनुदानमा १ करोड ५० लाख बजेट विनियोजन गरेको छ । यस्तै, चालूतर्फ ४ करोड ४४ लाख ४२ हजार, पुँजीगततर्फ २ करोड ८९ लाख २० हजार बजेट आगामी आवका लागि प्रदेश सरकारले बागमती गाउँपालिकालाई छुट्याएको छ ।

  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार २१:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया