बालेन साहको चुनाव खर्च : तीन लाख ९४ हजार चार सय ८९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा जम्मा खर्च तीन लाख ९४ हजार चार सय ८९ रुपैयाँ खर्च भएको बताएका छन् । 

त्यसमा पनि मतगणनाको समयमा मात्रै १ लाखभन्दा बढी खर्च भएको भएको उनले बताएका छन् । अगाडि नै खर्च विवरण सार्वजनिक भइसक्नुपर्नेमा विभिन्न कारणले ढिलो भएको भन्दै उनले माफी पनि मागेका छन् । 

मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो बनाएको र उम्मेदवारका लागि महँगो बनाइरहेको भन्दै उनले यसमा सबैको ध्यान जान जरुरी रहेको बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमूल्य साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गराउन हामी हरसमय खटिरहनेछौँ ।’





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार २२:२५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया