आज प्रदेश-१ मा भारी वर्षाको सम्भावना, नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध

आज प्रदेश–१, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ को एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ । वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुनसक्ने असरहरूबाट बच्न पनि सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

महाशाखाका अनुसार हाल देशको प्रदेश–१, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसमविदले जनाएका छन् । 





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार ६:२९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया