एन्फा नेतृत्वमा नेम्वाङ आएपछि अलमुताइरीले गरे नेपाल नफर्कने संकेत
फरकधार / ७ असार, २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल नफर्किने संकेत गरेका छन् ।



सोमबार भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा नेम्वाङ विजयी भएपछि अलमुताइरीले सामाजिक सञ्जालमार्फत् मुख्य प्रशिक्षकको पदबाट राजीनामा दिने संकेत गरेका हुन् ।  

सोमबार नेम्वाङ निर्वाचित भएपछि इन्स्टाग्राममा स्टोरी राख्दै उनले नेपाल नफर्किने संकेत गरेका हुन् । यद्यपि उनले उक्त पोस्ट केही समयपछि हटाएका छन् ।



गत वर्ष साउनमा उनले नेम्वाङको कारण आफूले राजीनामा घोषणा गरेको बताएका थिए ।   



  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार ६:३४:१९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया