च्याम्पियनसिपमा हङकङविरुद्ध खेल्दै नेपाल, समूह विजेता बन्ने मौका

मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले आज हङकङविरुद्ध खेल्दैछ । नेपाल–हङकङबीचको खेल किनरारा ओभलमा मध्यान्ह १२ बजे सुरु हुनेछ । हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौथो जितको खोजीमा हुनेछ । 

आज विजयी भए नेपाल समूह विजेता बन्नेछ । नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । हङकङविरुद्ध हालसम्म नेपालले दुईवटा म्याच खेलेको छ । जसमा नेपालले एकमा जित र एक खेलमा हार बेहोरेको छ । 

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । हङकङ २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा  छ । यसअघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो । 

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कपमा छनोट हुनेछन् । 
 





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार ७:८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया