आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।
गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ ।
आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले विरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।