काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा इन्जिनियर प्रवेन्द्र पोखरेल (आकर्षण) ले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार क्षेत्र नम्बर ४ अन्तर्गत कपनको सात तलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन्।
‘परिवर्तन अपरिहार्य छ, पर्खिनु विकल्प छैन,’ उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन् ।
पोखरेलले स्वतन्त्र भनेर आफू एक्लो नभएको उम्मेदवारी घोषणाका क्रममा बताए । काठमाडौं–४ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो ।
०७४ को निर्वाचनमा थापा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।