जब बेलायती राजकुमारले सडकमा पत्रिका बेचे...

बेलायती राजकुमार विलियमले लन्डनको सडकमा पत्रिका बिक्री गरेका छन् । राजकुमारले घरबारविहीनहरूलाई सहयोग गर्ने बेलायती पत्रिका बेचेका हुन् । ३९ वर्षीय ड्युक अफ क्याम्ब्रिजले पत्रिका विक्रेताको भेस्ट लगाएका थिए ।

एउटा हातमा पत्रिका लिँदै उनले बाटोमा हिँड्ने व्यक्तिलाई बिग इस्युको पछिल्लो संस्करण पाए/नपाएको बारेमा सोधेका थिए । बेलायतको राजगद्दीमा दोस्रो वरियतामा रहेका विलियमल जुनको सुरुमा वेस्ट मिनिस्टर स्ट्रिटमा पत्रिका बेचेका देखिन्थे ।

एक सम्भावित नयाँ ग्राहकले आफूसँग म्यागेजिन किन्न ५ डलर नभएको बताएपछि, राजकुमारले लेनदेनमा सजिलो होस भनेर  इलेक्ट्रोनिक मोबाइल क्रेडिट कार्ड मेसिन निकालेका थिए । 

उनकी दिवंगत आमा राजकुमारी डायना जस्तै विलियम पनि घरबारविहीन समुदायलाई लामो समयदेखि सहयोग गर्दै आएका छन् । आवाजविहीनहरूको अवस्था बुझ्न किशोरावस्थामा उनी एक दिन लन्डनको एउटा सडकमा रात बिताएका थिए । ‘म ११ वर्षको हुँदा मेरी आमासँग घरबारविहीन आश्रयमा गएँ’, सोमबारको अंकमा उनले लेखेका छन् ।

सन् १९९७ मा पेरिसमा कार दुर्घटनामा मृत्यु भएकी राजकुमारी डायनाले घरबारविहीनता, एड्स, कुष्ठरोग र बारुदी विस्फोटलगायत अन्य कारणहरूका बारेमा चेतना जगाउने परोपकारी संस्थाहरूको लागि काम गरेकी थिइन् ।





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार ११:२१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया