यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
फरकधार / ७ असार, २०७९
फाइल तस्बिर

सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका सातवटा निर्णय सार्वजनिक गरेका हुन् ।



जसको पहिलो नम्बरमा अमेरिकाको एसपिपी अघि नबढाउने, सबै सरकारी निकायहरूले कूटनीतिक पत्राचार गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने, सहसचिव विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय उल्लेख छ ।

यस्तै, जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने, नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरी जाँचबुझ अघि बढाउने, कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार ११:३१:४०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया