सेयर जारी नगरेका बिमा कम्पनीहरू पनि मर्जरमा जान सक्ने

सर्वसाधारणमा सेयर जारी नगरेका बिमा कम्पनीहरू मर्जरमा जान सक्ने भएका छन् । पछिल्लो समय बिमा कम्पनीहरूलाई मर्जरमा जान समितिले  दबाब दिइरहेको र फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरू दिइरहेको छ । यसैका लागि हालै गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी थप व्यवस्थासहित परिपत्र जारी गरेको छ । 

जसमा सर्वसाधारणमा सेयर जारी गरिसकेका वा गरिनसकेका इजाजतपत्र प्राप्त बिमकहरू  एक आपमा मर्जरमा जान मिल्ने समितिले जनाएको छ । तर, मर्जरमा गएका बिमा कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्थासम्बन्धित्  बिमा कम्पनीले गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

त्यस्तै बिमा समितिबाट  तोकेको बिमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेको कम्पनीहरू मर्जरका योग्य हुनेछन् । तर, उक्त कम्पनीहरू मर्जरमा गएपछि बिमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिए बमोजिम कायम गर्नुपर्ने व्यवस्था छ । 

मर्जरका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका बिमकहरूले गाभ्ने वा प्राप्ति प्रक्रियालाई मनासिव कारणसहित बीमा समितिको स्वीकृति नलिई आफूखुसी भंग गरी त्यस्तो प्रक्रियाबाट अलग भएको निर्णय गर्न नपाइने समितिले जनाएको छ ।





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १२:५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया