जनकपुरधामको बाँसबारी होटलमा भीषण आगलागी, लाखौंको क्षति

जनकपुरधामस्थित एक होटलमा भीषण आगलागी भएको छ । मंगलबार बिहान जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भैरव चोकमा रहेको बाँसबारी होटेल एण्ड रेष्टुरेन्टमा आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । 

स्थानीय भरत साहले सञ्चालन गरेको सो होटेलको भान्साघरबाट लागेको आगो होटलको चारैतिर फैलिएको थियो । आगलागीबाट १५ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

उनले आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताए । नेपाली सेना र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको छ । 

जनकपुरधामको वरिपरि बाँसले निर्मित होटल नै नरहेको अवस्थामा केही नयाँपन दिने उद्देश्यका साथ गत २१ असोजमा घटस्थापनाको दिनदेखि भरत साहले सो होटल सञ्चालनमा ल्याएका थिए ।





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १२:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया