प्रदेश १ः एमाले संसदीय दलले पायो पूर्णता, उपनेतामा अधिकारी र सचेतकमा कार्कीलाई जिम्मेवारी

प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलले पदाधिकारी चयन गरेको छ । एमालेले संसदीय दलको रिक्त पदमा पदाधिकारी चयन गरेको हो । 

एमाले संसदीय दलले दलको उपनेतामा मोरङकी सांसद यशोदा अधिकारीलाई चयन गरेको छ । त्यस्तै, संसदीय दलको सचेतकमा उदयपुरका बिमल कार्कीलाई जिम्मेवारी दिएको जनाइएको छ । 

यसअघि सचेतक रहेका राजकुमार ओझा तत्कालीन मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारमा राज्यमन्त्री भएपछि सो पद रिक्त थियो । 

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर तत्कालीन नेकपा हुँदा मुख्यमन्त्री शेरधन राई संसदीय दलको नेता थिए । उपनेता भने तत्कालीन माओवादी खेमाका टंक आङवोहाङ थिए । 

तर, सर्वोच्च अदालतको फैसलापछि दुवै पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि आङवोहाङ एमालेमै प्रवेश गरेर आर्थिक मामिला तथा योजना मन्त्री बने । उनलाई माओवादी केन्द्रले कारबाही गर्दै सांसद पदबाट मुक्त गरेको थियो । 

त्यसयता तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि भीम आचार्य दलको नेता बन्दै मुख्यमन्त्री भए पनि एमालेले संसदीय दलको उपनेता चयन गरेको थिएन । 



उपनेतामा अधिकारी र सचेतकमा कार्कीलाई नियुक्त गरिएको पत्र एमाले संसदीय दलले सभामुख प्रदीपकुमार भण्डारीलाई पत्र पठाएको छ ।



  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १८:९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया