रुपन्देहीको भैरहवामा रहेको बाल सुधारगृहमा रहेका बालकहरुलाई स्थानान्तरण गर्न खोज्दा प्रहरी माथि आक्रमण भएको छ ।
अत्यधिक चापका कारण १७ जना बालकलाई विभिन्न स्थानमा स्थानान्तरण गर्न खोज्दा भित्र रहेका किशोरहरुले प्रहरीमाथि नै आक्रमण गर्दा रुपन्देहीका डीएसपी नवरत्न पौडेल र उनका अंगरक्षक प्रहरी जवान टोपबहादुर राखल मगर घाइते भएका छन् ।
डिएसपीको टाउको र अंगरक्षकको हातमा चोट लागेपछि दुवै उपचाररत छन् ।
कारागार विभागले बालकहरुलाई स्थानान्तरण गर्न पत्राचार गरेको थियो । आज स्थानान्तरण गर्न खोज्दा उनीहरुले अनेक गतिविधी गरी प्रहरी माथिननै आक्रमण भएको बाल सुधार गृह प्रमुख शुभद्रा गौतमले बताइन् ।
‘बढी चाप भएको कारणले घर पायक र यहाँ अवाञ्छनीय कार्य गर्नेमध्येबाट १७ जनालाई पत्राचारअनुसार नै पठाउन लागेका थियौँ, ठूलाहरुले साना किशोरमाथि दमन गर्दै पनि आएका थिए,’ बाल सुधारगृह प्रमुख गौतमले भनिन् ।
जान्न भन्दै किशोरहरु आक्रोशित भई भित्र तोडफोड गर्ने, त्यहाँ जाने सबैलाई तथानाम गाली गर्ने, भित्र भएको सामानले प्रहार गर्नेलगायत क्रियाकलाप गरेका थिए ।
उनीहरुले पढ्ने किताब र प्रयोग गरिरहेका विस्तारा कपडामा समेत आगो लगाएपछि दमकलले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।