दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

दुई मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा बारामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार घाइते भएका छन् ।

कलैया उपमहानगरपालिका २७ स्थित बिजुलपुरबाट कलैयातर्फ आउँदै गरेको ना२८प नम्बरको र विपरित दिशाबाट जाँदै गरेको ना३४प ७९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा करैयामाई गाँउपालिका १ का २२ वर्षीय तबरेज आलमको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्त डिएसपी राजेश थापाले जानकारी दिए ।

दुर्घटनामा सोही ठाँउका २५ वर्षीय नसरुदिन अन्सारी, भारत मोतिहारी पतही बस्ने ३५ वर्षीय सुरेश साह, उनकी श्रीमती ३२ वर्षीया सविता देवी र २२ वर्षीया रामप्रवेश साह घाइते भएका छन् ।

घाइतेमध्ये अंसारी र सविता देवीको अवस्था गम्भीर रहेको छ । उनीहरुको हाल वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार २१:२७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया