प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै चौथो र पाचौँ पदका लागि दरखास्त आह्वान गरेको हो । नेपाल इन्जिनियर सेवा अन्तर्गत तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो।
आयोगले प्रदेश निजामती सेवा अन्तर्गत नेपाल इन्जिनियरिङ सेवा, पाँचौ र चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको सूचनामा उल्लेख छ। पाँचौ तहमा ८ र चौथो तहमा ४ जनाका लागि विज्ञापन गरिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ। योग्यता पुगेका उमेदवारले असार २८ गतेसम्म दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।