बैतडीमा कालाजारको संक्रमणबाट एक जनाको मृत्यु

बैतडीमा कालाजार रोगको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिकाका एक जनाको केही महिना पहिला मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो । चालु आर्थिक वर्षको हालसम्म ८ जनामा कालाजारको संक्रमण देखिएको बताइएको छ ।

सुर्नया गाउँपालिकाका २, दशरथचन्द नगरपालिकाका ४ र दोगडाकेदार गाउँपालिकाका १ जनामा कालाजार देखिएको हो । कालाजार भएमा उच्च ज्वरो आउने, छालामा विभिन्न खालका संक्रमणहरु देखा पर्ने जस्ता लक्षण देखिने गरेको छ । रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु पर्ने स्वास्थ्यकर्मीले बताएका छन्। 





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार ८:४०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया