अचाक्ली महँगीले जनताको ढाड भाँचिदै छ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अचाक्ली महँगीले जनता मर्कामा पर्न थालेको बताएका छन् । सरकारले पटक पटक इन्धनमा गरेको मूल्यवृद्धिले सबैतिर महँगी बढ्ने उनको तर्क छ । 

बुधबार ट्विटमा उनले मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिइनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै राजनीतिक दल र नेता सत्ता र गठबन्धनको लागि मात्रै लिप्त रहेको बताएका हुन् ।

‘हाम्रा दल नेता सत्ता गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा  क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ। विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महँगी बढ्छ ! यो अचाक्ली महँगीले जनताको ढाड भाँचिँदैछ। खै सरकारी पहल?’, भट्टराईले ट्विटमा लेखेका छन् । 

 





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १०:३९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया