न्युराेड टिम (एनआरटी) मलेसियामा हुने टुवान याङ टेरुतमा (टिवाईटी कप) कप फुटबल प्रतियोगिताका लागि आफ्ना तीन विदेशी खेलाडीलाई निरन्तता दिएकाे छ ।
एनआरटीले `ए´ डिभिजन लिग र मोफसलका केही गोल्डकप खेलेर आफ्नो देश फर्किएका फरवार्ड स्टेफन समिर विनोङ र मेसुके ओलुमोउ तथा डिफेन्डर आन्द्रे थिएरी वियकलाई टाेलीमा बोलाएको हाे ।
उनीहरू बुधबार बिहान नेपाल आइपुगेका छन् । २८ जुनदेखि २ जुलाइसम्म हुने प्रतियोगितामा नेपालकाे एनआरटी, मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र बंगलादेश प्रिमियर लिग क्लब मुक्तिजोधा सङ्सद केसीले प्रतिस्पर्धा गर्नेछन् ।
पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार तथा उपविजेताले ५ हजार मलेसियन रिङ्गेट प्राप्त गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।