चियापान गर्न स्काइ क्याफे पुगिन् आरजु राणा [तस्बिरहरू]

नेपाली कांग्रेस नेत्री आरजु राणा देउवा बागलुङ बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा निर्मित स्काइ क्याफेमा बसेर चियापान गरेकी छन् ।

कालीगण्डकी नदी खोँचमा नदीदेखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा देउवाले कांग्रेस नेता अर्जुन जोशीलगायत कार्यकर्तासँगै बसेर आनन्द लिएकी हुन् ।

पर्यटकले स्काइ क्याफेमा १५ मिनेट समय पाउँछन् । जुस वा कफिसहित फुड प्लाटर खान पाइने स्काइ क्याफेमा प्रतिव्यक्ति २ हजार ५ सय शुल्क लाग्छ भने भिडियो पनि सोही शुल्कअन्तर्गत नै पाइन्छ ।

पछिल्लो समय युवाहरूको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकलाई नयाँ स्वाद दिने उद्देश्यले स्काइ क्याफे सुरु गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । 





 

  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १३:१६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया