अफगानिस्तान भूकम्पमा ज्यान गुमाउनेको संख्या २८० पुग्यो

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २८० पुगेको छ । अन्य कैयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एक स्थानीय अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार मृतकको संख्या २८० पुगेको छ । यो संख्या अझै बढ्न सक्ने ती अधिकारीले बताएका छन् । अहिले उद्धारको कार्य जारी रहेको बताइएको छ ।

भूकम्पको सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ । यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन् । यहाँबाट आएको तस्विरमा घाइतेहरूलाई स्ट्रेचरमा बोकेर हिँडेको देख्न सकिन्छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा रहेको थियो । अफगानिस्तानसहित पाकिस्तान र भारतमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । 





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १३:२९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया