ग्यालेक्सी पब्लिक स्कुलमा डोरीतान प्रतियोगिता आयोजना गरिएको छ । नेकोस डोरीतान संघको आयोजनामा डोरीतान प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रमको नेकोस डोरीतान संघका अध्यक्ष सूर्य भट्टराइले अध्यक्षता गरेका थिए ।प्रमुख अथितिमा भवानीप्रसाद पौडेल, डोरीतान एसिया फेड्रेसनका वरिष्ठ उपाध्यक्ष विशिष्ट, अतिथिमा प्रदेससभा सदस्य एवं एमाले नेता गणेश दुलाल र अथितिमा केशब ओली, प्रिन्सिपल सुरिना गुरुङ, रेस्मा घिमिरे लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूको पनि उल्लेख्य सहभागिता रहेको छ ।
कार्यक्रममा विजेता र उपविजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । स्कुलले समय-समयमा खेलकुदसहित विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।