गठबन्धनले हाम्रो अपमान गर्‍योः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको आरोप लगाएका छन् ।

बुधबार समाजवादी प्रेस संगठन नेपाल, जिल्ला शाखा काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् । उनले गठबन्धनकै कारण आफ्नो पार्टीले ल्याउनेजति सिट र मत प्राप्त गर्न नसकेको दाबी गरे । 

सम्मानित नेता खनालले अहिले नौ लाख मतदाता पार्टीमा रहेको भने पनि त्यो संख्या झन्डै २० लाख रहेको बताए । उनले अहिलेको स्थानीय तह सदस्य निर्वाचनमा प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै देशको हीतको लागि नमूना काम गर्नुपर्ने बताए ।

सम्मानित नेता खनालले रुस र युक्रेनको युद्धका कारण देखाउँदै सरकरले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरुद्धमा आफ्नो पार्टी रहेको बताए । उनले नेकपा (एकीकृत समाजवादी) मूल्यवृद्धिको पक्षमा नरहेको भन्दै सरकारले अविलम्ब मूल्यवृद्धिका बारेमा हेरफेर गर्नुपर्ने बताए । सम्मानित नेता खनालले सरकारले कुनै बहाना नबनाइ जनतालाई राहत दिनुपर्ने बताए ।

उनले भने, ‘मूल्यवृद्धिले जनताको ढाड सेक्छ, हामीले यसका विरुद्धमा आवाज उठाउनु पर्छ । नेकपा एकीकृत समाजवादी यो मूल्यवृद्धिका पक्षमा छैन । अविलम्ब सरकारले यो मूल्यवृद्धिका बारेमा हेरफेर गर्नुपर्छ । जनतालाई सहुलियत दिनुपर्छ ।’

सम्मानित नेता खनालले नेपालको सीमा अंकित गर्ने कुरामा आवाज उठाउनुपर्ने आवश्यक्ता रहेको बताए । उनले फोहोरको समस्या समाधानका लागि अविलम्ब आवाज उठाउनुपर्ने र आम जनताले निर्वाचन लड्नसक्ने अवस्था बनाउन आवश्यक रहेको पनि बताए ।





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १७:३९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया