अभिनेत्री नयनताराको सम्पत्ति १६५ करोड, श्रीमानभन्दा तीन गुणा बढी कमाइ

नयनतारा अहिले दक्षिण फिल्म उद्योगकी सबैभन्दा महँगो अभिनेत्री हुन् । उनका श्रीमान् विग्नेश सिवान पनि चर्चित निर्देशकमध्ये एक हुन् । विवाहपछि अब नयनतारा पनि त्यस्तो सूचीमा परेकी छन्, जसमा श्रीमानभन्दा नेटवर्थ बढी छ । ​जानौँ दुवैको कुल सम्पत्ति :

नयनतारा नेट वर्थ : मिडिया रिपोर्टका अनुसार नयनतारा करिब १६५ करोड रुपैयाँको सम्पत्तिकी मालिक हुन् । उनले एक चलचित्रबाट ३ देखि ५ करोड पारिश्रमिक लिन्छिन् । यसबाहेक नयनतारा ज्वेलर्स जस्ता कम्पनीहरू समावेश गर्ने ब्रान्ड एन्डोर्समेन्टबाट पनि आम्दानी गर्छिन् । 

उनीसँग बिएमडब्लू एक्स फाइभ (मूल्य ७६ लाख), अडी टीटी रोडस्टर (६० लाख) जस्ता लक्जरी कार छन् । यस बाहेक नयनताराको केरलाको थिरुवालामा एउटा आलिशान बंगला र कोच्चिको प्रेस्टिज नेप्च्युन कोर्टयार्डमा एउटा विलासी फ्ल्याट छ । रिपोर्टका अनुसार नयनताराले ५० सेकेन्डको टिभी विज्ञापनको सुटिङका लागि ५ करोड भारु लिएकी थिइन् । यो विज्ञापनको सुटिङ २ दिनसम्म चलेको थियो ।

विग्नेश नेट वर्थ : नयनताराका श्रीमान् विग्नेशको नेटवर्थको बारेमा कुरा गर्दा उनीसँग कूल सम्पत्ति लगभग ५० करोड भारु छ । निर्देशकको हैसियतमा उनले हरेक फिल्मको १ देखि ३ करोड भारु लिने गरेका छन् । विग्नेश निर्देशकसँगै गीतकार पनि हुन् । उनले एउटा गीतका लागि करिब १ देखि ३ लाख रुपैयाँसम्म पारिश्रमिक लिने गर्छन् ।

अब नयनतारा र विग्नेशको कूल नेटवर्थ २१५ करोडभन्दा बढी भएको छ । नयनतारा र विग्नेशले ९ जुनमा विवाह गरेका थिए । यो दम्पतीले चेन्नई नजिकैको महाबलीपुरमको रिसोर्टमा विवाह गरको हो । नयनतारा र विग्नेशले विवाहअघि ६ वर्ष एकअर्कालाई डेट गरेका थिए । दुवैको वर्कफ्रन्टको कुरा गर्दा नयनतारा शाहरुख खानसँग फिल्म ‘जवान’ मा काम गरिरहेकी छिन् । 

निर्देशक एट्लीले यो फिल्म बनाउँदैछन् । शाहरुख र नयनतारा पहिलोपटक पर्दामा सँगै देखिँदैछन् । फिल्म २०२३ मा रिलिज हुनेछ । अर्कोतर्फ विग्नेश छिट्टै अजित कुमारको फिल्म ‘एके ६२’ निर्देशन गर्दैछन् । यो फिल्म लाइका प्रोडक्सनको ब्यानरमा निर्माण हुँदैछ । 





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार ९:५१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया