तपाईँमा एउटा मात्र खुट्टा टेकेर केही बेर उभिने बानी छ कि छैन? यदि छैन भने केही सेकेन्डका लागि भए पनि उभिने प्रयास गर्ने कि? किनकी एउटा पछिल्लो अध्ययनले कम्तीमा १० सेकेन्ड एउटा खुट्टामा उभिन नसक्ने वयस्क व्यक्तिमा मृत्युको जोखिम उच्च रहेको उल्लेख गरेको छ ।
ब्रिटिश जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनमा यस्ताे दाबी गरिएको हो । बिनासहयोग उभिनेभन्दा साधारण सन्तुलन परीक्षणको साथ संघर्ष गर्ने स्वयंसेवकहरूमा आगामी १० वर्षमा मृत्यु हुने सम्भावना ८४ प्रतिशत रहेको अन्वेषकहरूले बताएका छन् ।
सन् २००९ मा ब्राजिलमा ५० वर्षभन्दा माथिका १ हजार ७०२ व्यक्तिहरूमा गरिएको फिटनेस र स्वास्थ्यको अध्ययनबाट उक्त नतिजा आएको हो । सहभागीहरूलाई एउटा खुट्टा उठाएर जमिन नछोइकन तल्लो खुट्टाको पछाडि राख्न भनिएको थियो । त्यस्तै, आफ्ना हातहरू छेउमा राखेर अगाडि हेर्न भनिएको थियो ।
सहभागीलाई तीन पटकसम्म त्यसो गर्न भनिएको थियो । पाँच जनामध्ये एक जना परीक्षणमा फेल खाएका थिए । फेल खानेहरू कमजोर स्वास्थ्य अवस्थाका थिए ।
विश्वभर लडेर हरेक वर्ष ६ लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार १० सेकेन्डको परीक्षणले मात्र जोखिममा परेकाहरूलाई सजिलैसँग पहिचान गर्न मद्दत गर्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।