बलिउड अभिनेता शाहरुख खानले केही समयअघि आफ्नो आगामी फिल्म ‘जवान’ घोषणा गरेका थिए । यस फिल्ममा शाहरुखसँगै नयनताराले पनि अभिनय गर्ने छिन् ।
दीपिका पादुकोण पनि शाहरुखको फिल्ममा देखिने भएकी छन् । उनी ‘जवान’मा नभइ शाहरुखसँग ‘पठान’ मा देखिने भएकी छन् ।
पिंकभिलाको रिपोर्ट अनुसार, दीपिका शाहरुख र एट्लीसँग केही समयदेखि कुराकानीमा छिन् । उनी फिल्ममा सानो तर महत्त्वपूर्ण भूमिकामा देखिने छिन् । दीपिका फिल्ममा काम गर्न राजी भएकी छिन् । तर, कागजी काम हुन बाँकी छ ।
चलचित्रकै सन्दर्भमा कुराकानी गर्न शाहरुख दीपिकालाई भेट्न हैदराबाद गएका थिए । रिपोर्टमा थप भनिएको छ, ‘शाहरुख खान हालै हैदराबाद गएका थिए, जहाँ उनले एट्लीसँग दीपिकालाई भेटेका थिए । उनीहरूले दीपिकाको चरित्र र सुटिङको मितिबारे पनि कुरा गरेका थिए । उनी त्यतिबेला आफ्नो फिल्म प्रोजेक्टको लागि हैदराबादमा थिइन् ।’
२ जुनमा रिलिज हुनेछ ‘जवान’
‘जवान’ फिल्ममा शाहरुख र नयनताराका अलावा राणा डग्गुबाती, सान्या मल्होत्रा र सुनिल ग्रोवर पनि मुख्य भूमिकामा छन् । रेड चिलीज इन्टरटेनमेन्टले निर्माण गरेको फिल्मलाई एट्लीले निर्देशन गर्दै छन् ।
केही समयअघि शाहरुखले फिल्मको पहिलो लुक सार्वजनिक गरेका थिए । फिल्म अर्को वर्ष २ जुनमा रिलिज हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।