थामिएन नेप्से, बिहीबार ४५.२५ अंकले घट्यो
फाइल तस्वीर

पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक बिहीबार पनि उच्च अंकले गिरावट आएको छ ।

बिहीबार नेप्से परिसूचक ४५.२५ अंक घटेर १८४८.२८ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४० अंकले घटेको छ ।

बिहीबार कारोबारमा आएका २३७ कम्पनीको ५० लाख ८ हजार कित्ता शेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये विकास बैंक, वित्त र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । 

त्यस्तै, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

बिहीबार नेप्से परिसूचक उच्च गिरावट आएपनि दुई कम्पनीको शेयर कारोबार भने सकारात्मक सर्किट लेभलमा भएको छ । जसमा आँधीखोला लघुवित्त र सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

त्यस्तै, यता शिवश्री हाइड्रोपावर र लिबर्टी इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ भने सामलिङ्ग पावर कम्पनी र जोशी हाइड्रो पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ ।



कारोबार रकमका आधारमा साढे ९ करोडभन्दा बढीको शेयर कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । लक्ष्मी बैंकको ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।



  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १६:२३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया