फिफा वरीयतामा नेपालकाे स्थान खस्कियाे
फरकधार / ९ असार, २०७९

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल आठ स्थान तल झरेको छ ।



फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल खस्किएको हो ।

नयाँ वरीयतामा ९५०.४५ अंक प्राप्त गरेकाे नेपाल १७६ औं स्थानमा छ ।  नेपाल अघिल्लोपटक १६८ औं स्थानमा थियो । 



नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ ।



नेपालभन्दा अघि भारत १०४ औं र माल्दिभ्स १५६ औं स्थानमा छन् ।

नेपालभन्दा तल भुटान १८६, बंगलादेश १९२, पाकिस्तान १९६ र श्रीलंका २०७ औं स्थानमा छन् ।

ब्राजिल १८३७.५६ अंकका साथ नयाँ वरीयताको शीर्ष स्थानमा छ । 

बेल्जियम, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, स्पेन , इटाली, नेदरल्याण्ड्स, पोर्चुगल र डेनमार्क क्रमश: दोस्रोदेखि दशौं स्थानमा छन् ।

  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १६:२७:१८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया