पर्यटनमन्त्री आलेको बर्खास्तगीको माग गर्दै सर्वोच्चमा रिट

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। मन्त्री आलेको व्यवहार पटक–पटक विवादमा परेको भन्दै अधिवक्ता किशोरकुमार पौडेलले रिट दर्ता गरेका हुन् । 

न्यायाधीश टंक मोक्तानको आदेशपछि सर्वोच्चले बिहीबार रिट दर्ता गरेको हो । रिटमा आलेको मन्त्री पद बर्खास्तगीको माग गरिएको छ । रिटमाथि शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको छ।

यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। त्यसविरुद्ध पनि पौडेलले निवेदन दिएपछि मोक्तानको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो ।

रिटमा भनिएको छ, ‘निज सो पदमा बसिरहन असक्षम रहेको प्रस्ट छ। निजको गैरजिम्मेवार अभिव्यक्तिले समाजलाई अपुरणीय क्षति पुगेको विषयमा यस सम्मानित अदालत जानकार छ। निज सो पदमा रहिरहँदा थप सिंगो समाज, देश, विदेशमा नकरात्मक प्रभाव पर्ने र थप क्षति पुग्ने भएकाले निजलाई मन्त्री पदमा आजकै मितिदेखि मुद्दाको अन्तिम किनारा नहुन्जेलसम्म काम नगर्नु, गर्न नदिनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीको नाममा सुविधा सन्तुलनको रोहमा अन्तरिम आदेश जारी गरी पाऊँ ।’





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार २०:१२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया