जर्मन क्लब आरबी लाइप्जिगका फ्रेन्च मिडफिल्डर क्रिस्टोफर एनकुन्कुले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । बुन्डेसलिगा क्लबले बिहीबार मिडफिल्डर क्रिस्टोफरले थप दुई वर्षका लागि सम्झौता नवीकरण गरेको जनाएको हो ।
सम्झौता नवीकरणसँगै उनी २०२६ सम्म लाइप्जिगमा रहने छन् । उनी सन् २०१९ मा पिएसजीबाट जर्मन क्लब आएका थिए ।
गत सिजन उनले ३४ बुन्डेस लिगा खेलमा २० गोल गर्नुका साथै १४ गोलका लागि अवसर सिर्जना गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।