राेनाल्डाे भित्र्याउने याेजनामा बायर्न
फरकधार / १० असार, २०७९

जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पाेर्चुगिज फरवार्ड क्रिस्टियानो राेनाल्डाेलाई अनुबन्ध गर्ने याेजना बनाएकाे छ ।​ बायर्नले आफ्नो मुख्य फरवार्ड रोबर्ट लेवान्डोस्कीको विकल्पमा ३६ वर्षीय रोनाल्डोलाई अनुबन्ध गर्ने योजना अघि सारेको हो । 



बायर्नले इंग्लिस क्लब लिभरपुलबाट सादियो मानेलाई अनुबन्ध गरिसकेको छ । बायर्न आफ्नो आक्रमण अझै बलियो बनाउन चाहन्छ । जर्मन पत्रिका एएसको अनुसार बायर्नले पोर्चुगिज स्टारलाई लोभ्याउने प्रयास गरिरहेकाे छ  ।

किनकि उनीहरुको लेवान्डोस्कीको ठाउँ लिने नयाँ फरवार्ड ल्याउने प्रयासमा छन् । तर, याे विषयमा रोनाल्डो र म्यानचेस्टर युनाइटेडले भने केही बोलेका छैनन् ।



राेनाल्डाे सन् २०२१ मा इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड फर्किएका थिए । उनले क्बलकाे दोस्रो इनिङमा ३० प्रिमियर लिग खेलमा १८ गाेल गरेका छन् ।



बायर्न छाड्ने घोषणा गरिसकेका लेवान्डोस्कीलाई स्पेनिस क्लब बार्सिलोनाले ४० मिलियन युरोको प्रस्ताव अघि सारिसकेको छ । यसलाई बायर्नले स्वीकार्ने अपेक्षा गरिएको छ ।
 

  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १०:४८:३२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया