सुदूरपश्चिम प्रदेशको रातो किताबमा लुम्बिनी प्रदेशका योजना

सुदूरपश्चिम सरकारको रातो किताबमा लुम्बिनी प्रदेशका योजना समावेश गरिएको भेटिएको छ । प्रदेश सरकारले १ असारमा प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका योजना पनि राखेको पाइएको हो ।

दाङको लमही नगरपालिका–९ को सिरिग्ङी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुट्याइएको देखिएको छ । सिरिग्ङी खोलाको लागि प्रदेश सरकारले १० लाख र कालीखोलामा तटबन्ध निमार्णका लागि १० लाख बजेट छुट्याइएको प्रदेश सरकारको आर्थिक वर्ष ०७९/०८० को वार्षिक विकास कार्यक्रममा देखिएको छ ।

यस्तै रजापुर नगरपालिका–७ गिठुवा टोल दाङमा राप्ती नदी नियन्त्रणका लागि पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । उक्त योजनाको लागि पनि प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको हो ।

 

यता सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा लुम्बिनी प्रदेशका योजना समावेश गरेपछि विरोध भएको छ । प्रदेशसभा सदस्यदेखि सर्वसाधारणले पनि प्रदेश बाहिरका योजना बजेटमा समावेश गरेको भन्दै सरकारको विरोध गरेका छन् ।



प्रदेशको आर्थिक मामिला मन्त्रालयका अनुसार अन्य प्रदेशका योजना वार्षिक विकास कार्यक्रममा समावेश हुनुमा प्रदेश सरकारको दोष नभएको बताएको छ । मन्त्रालयका प्रदेश सचिव जितेन्द्र बस्नेतले संघीय सरकारले सशर्त अनुदानमार्फत पठाएका कार्यक्रमलाई हुबहु प्रदेश सरकारले प्रकाशन गरेको बताए । 

संघीय सरकारले नै सशर्त अनुदानमार्फत लुम्बिनी प्रदेश सरकारलाई पठाउनुपर्ने कार्यक्रम सुदूरपश्चिम सरकारलाई पठाएको सचिव बस्नेतले बताए । असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षका लागि पौने ३७ अर्ब बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए ।



  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार ११:५६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया