घण्टाघरको सुई मर्मत गर्न वीरेन्द्रनगरले छुट्यायो २५ लाख बजेट

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित घण्टाघरको सुई मर्मतका लागि नगरले बजेट विनियोजन गरेको छ ।

घण्टाघरको सुईलगायत घण्टाघरको सौन्दर्यीकरणका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगर उपप्रमुख निलकण्ठ खनालले बताए ।

नगरको ११ औँ नगरसभामा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै उनले भने, ‘लामो समयदेखि बन्द रहेको घण्टाघरको सुई लगायत बाहिरी क्षेत्रको सौन्दर्यीकरण गरि व्यवस्थित गरिनेछ । घण्टाघर व्यवस्थापनका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ ।’

यसका साथै भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीबाट संकलन गरिएको निवेदन प्रक्रिया अगाडि बढाउन नगरले बजेट विनियोजनसमेत गरेको छ । 

नगर उपप्रमुख खनालले भने, ‘राष्ट्रिय भूमि आयोगको कार्य प्रारम्भ गरि जग्गा धनी प्रमाणपत्र उपलब्ध गराउने कार्य अगाडि बढाइनेछ । सो को लागि रु २० लाख रकम विनियोजन गरिएको छ ।’





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १७:४१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया