श्रीलंका विरुद्धको अन्तिम एक दिवसीय खेलमा अस्ट्रेलिया विजयी

घरेलु टोली श्रीलंका विरुद्ध एक दिवसीय सिरिजको पाँचौँ तथा अन्तिम खेलमा अस्ट्रेलिया विजयी भएको छ । अस्ट्रेलियाले गए राति सम्पन्न खेलमा चार विकेटको जित हात पारेको हो । जितका बाबजुद उसले सिरिजले भने ३-२ ले गुमायो ।

१६१ रनको लक्ष्य अस्ट्रेलियाले ३९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका लागि एलेक्स केरीले अविजित ४५ रनको याेग्दान दिए । ६५ बलको सामना गरेका उनले एक चौका प्रहार गरे ।

मार्नुस लाबुसेन ३१, क्यामरुन ग्रिनले अविजित २५ र मिचेल मार्शले २४ रन बनाए । श्रीलंकाका लागि दुनिथ वेललागेले तीन, महेश थिक्शनाले दुई तथा प्रमोद मधुशनले एक विकेट हात पारे ।

त्यसअघि आर प्रेमादासा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १६० रन बनाएको थियो । उसका लागि चामिका करूणारत्नेले ७५ रनको उत्कृष्ट पारी खेले । ७५ बलको सामना गरेका उनले आठ चौका र दुई  छक्का प्रहार गरे ।

कुशल म‌न्डिसले २६, प्रमोद मधुशनले १५ र चारिथ अस्लंकाले १४ रन जोडे । अस्ट्रेलियाका लागि जोस हेजलउड, प्याट कमिंस र म्याथ्यु कुहनेमनले दुई /दुई तथा ग्लेन म्याक्वेल र क्यामरून ग्रिनले एक/ एक विकेट हात पारे । यसअघि अस्ट्रेलिया २ विकेटले विजयी हुँदा श्रीलंकाले २६ रन, ६ विकेट र चार रनको जित हात पारेको थियो । 





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार ७:४१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया