फिलिप्स म्यानचेस्टर सिटीमा अनुबन्ध हुने पक्का

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी काल्भिन फिलिप्सलाई अनुबन्ध गर्न सहमत भएको छ । लिग विजेता सिटी अर्को प्रिमियर लिग क्लब लिड्स युनाइटेडका मिडफिल्डरलाई ४५ मिलियन पाउण्डमा भित्र्याउन सहमत भएको हो ।

लिड्स एकेडेमीकै उत्पादन फिलिप्सले सन् २०१५ मा लिड्सको सिनियर टोलीका लागि डेब्यु गरेका थिए । उनले लिड्सका लागि २१४ खेल खेल्दा १३ गोल गरेका छन् । २०२०/२१ मा इंग्लिस वर्ष खेलाडी घोषित फिलिप्सले देशका लागि २३ खेल खेलेका छन् ।





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार ९:२५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया