शंकर पोखरेलको दाबी : आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति बन्छ
फाइल तस्वीर

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा एमाले मुलुकको सबैभन्दा ठूलाे पार्टी बन्ने दाबी गरेका छन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठनको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

स्थानीय तह निर्वाचनमा एक्लै निर्वाचन लड्दा केही मतले पछि परेको उनको तर्क छ । उनले निर्वाचनमा चार पाँच प्रतिशत मात्र मत बढाए एमाले पुनः पहिलो शक्ति बन्ने दाबी गरे ।

मुलुक बनाउने शक्ति एमाले मात्रै भएकाले जनताले आगामी निर्वाचनमा सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । उनले पार्टीलाई संगठित र एकताबद्ध बनाएर जनताको बलमा निर्वाचन जित्ने बताए ।

विगतमा मधेसमा चौथो पोजिसनमा रहेको एमाले स्थानीय तह निर्वाचनपछि अहिले दोस्रो पोजिसन कायम गरेकोमा उनको भनाइ छ । उनले मधेसको समस्या समाधानमा एमाले प्रतिबद्ध रहेको बताए ।





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १७:५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया