हेटौँडामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई आय तथा सीपमूलक कार्यक्रमबारे छलफल

बागमती प्रदेशको राजधानी हेटौँडामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई आवश्यक सीप तथा आयमूलक २ दिने छलफल कार्यक्रम शनिबार सुरु भएको छ ।

प्रदेशका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई आयमुलक सीप विकासका तालिम तथा अवसरको व्यवस्थापन मिलाउने उदेश्यले छलफल कार्यक्रमको आयोजना गरिएको फ्रेण्ड्स हेटौँडाकी संयोजक किरण थापाले बताइन् ।
 
कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिककले आफ्ना समस्या र भोलिका दिनमा आवश्यक पर्ने कदमबारे आफ्ना भनाइ राखेका थिए । 

बागमती प्रदेश युवा परिषद् तथा युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोग तथा फ्रेण्ड्स हेटौँडाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रम प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंको आतिथ्यमा भएको थियो ।

छलफल कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि, रिकभरिङ सेन्टरका प्रतिनिधिलगायतको उपस्थिति थियो । 

दुईदिने कार्यक्रम अन्तर्गतको कार्यक्रम आइतबार समापन हुने फ्रेण्ड्स हेटौँडा, मकवानपुरकी संयोजक किरण थापाले बताइन् ।





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १७:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया