सरकारबाट बाहिरिन लागेका समाजवादीका मन्त्रीले बुझाए नयाँ मन्त्रीको छुट्टै सूची
फाइल तस्वीर

सरकारबाट बाहिरिन लागेका नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले नयाँ मन्त्रीहरूको छुट्टै सूची तयार पारेका छन् ।

उनीहरूले पार्टीले सिफारिस गरेका मन्त्रीहरूको सूची समावेशी नभएको भन्दै नयाँ मन्त्रिमण्डलमा समावेश गरिनुपर्ने सांसदहरूको नयाँ सूची तयार पारेका हुन् । 

शुक्रबार चार मन्त्रीसहित १० सांसदले मन्त्री हेरफेरसम्बन्धी पार्टी निर्णयको विपक्षमा संसदीय दलको बैठक माग गर्दै निवेदन दिएका थिए ।

निवेदनबाट शनिबार हस्ताक्षर फिर्ता लिएका पर्यटनमन्त्री प्रेम आलेले अलगै नयाँ मन्त्रीहरूको सूची पसे गरेका हुन् ।

स्रोतका अनुसार नयाँ सूचीमा ललितपुरका कृष्णलाल श्रेष्ठ, डडेल्धुराकी नीरा जैरु, डोल्पाका धनबहादुर बुढा रहेका छन् ।

त्यस्तै, दाङका हीरा केसीलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने प्रस्ताव पार्टीमा पेस भएको छ ।



एकीकृत समाजवादीले तीन साताअघि हाल सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गरेको थियो । पार्टीले हाल सरकारमा हरेका पर्यटनमन्त्री आलेसहित स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो ।

त्यस्तै पार्टीले हालका स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा गर्दै जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रममन्त्री बनाउने निर्णय गरेको थियो । 



  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १८:२५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया