यी सर्त स्वीकार गरे एमालेसँग एकता गर्न एकीकृत समाजवादी तयार

नेकपा एकीकृत समाजवादीले  नेकपा एमालेले आफ्नो पार्टीलाई दलका रुपमा स्वीकार गरे तालमेल वा वामपन्थी एकताका लागि तयार रहेको जनाएको छ । 
शनिबार बसेको केन्द्रीय समिति बैठकले देशभक्त वामपन्थीसँग सहकार्यको सम्भावना रहेको ठहर गरेको छ । 

आजको बैठकमा सत्ता गठबन्धनका पाँच दलबाहेकका दलसँग पनि सहकार्य गर्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘सबै दलसँग सहकार्य गर्न तयार छौँ। पाँचदलीय गठबन्धनबाहिरका दलसँग पनि खुला छलफल गर्छौं ।’

एकीकृत समाजवादीले केही सर्तसहित नेकपा एमालेसँग पनि सहकार्यका लागि आफूलाई खुला राख्ने निर्णय गरेको छ । जसमा पहिलो सर्तका रुपमा एमालेले आफ्नो पार्टीलाई दलको मान्यता दिएर अस्तित्व स्वीकार गर्नुपर्ने बताइएको छ । 

दोस्रो सर्तका रुपमा एकीकृत समाजवादीले एमालेले आफ्नो पार्टीविरुद्ध अदालत दिएको मुद्दा फिर्ता लिनुपर्ने अघि सारेको छ । त्यसैगरी, संसद विघटनलगायत विषयमा आत्मालोचना गरेमा पार्टी एकता गर्न सकिने प्रवक्ता खतिवडाको भनाइ छ । 

अहिले एमालेसँग पारस्परिक लाभका आधारमा तालमेल वा गठबन्धन गर्न आफूहरु तयार रहेको प्रवक्ता खतिवडाले बताए । 





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार २२:१८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया