आजको माैसम : गण्डकीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आइतबार बिहान प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भू-भागका धेरै स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

गण्डकी, कर्णाली र लुम्बिनीका एक/दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ । राति प्रदेश–१, लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

सोमबार गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । हाल प्रदेश–१, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा मनसुनी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिममा भने स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ६:३१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया