दोलखामा निर्माणाधीन पुल भत्कियो


दोलखाको बिगु गाउँपालिका - ४ मा निर्माणाधीन पुल भत्किएको छ ।  बाढीले क्षति पुर्‍याए पछि निर्माणाधीन झोरुङ्ग खोला पुल भत्किएको हो ।

बाढीले पुलमुनिको ग्याबिन भासिँदा ग्याबिनमा राखिएका टेका ढलेपछि ढलान गर्ने तयारी गरिएको पुलको फर्मा भाँचिएका छन्। शुक्रबार रातिको बाढीले पुलमा क्षति पुर्‍याएको बताइएको छ।

सिँगटी हाइड्रोको ८० र बिगु गाउँपालिकाको २० प्रतिशत संयुक्त बजेट लगानीमा पुल निर्माणाधीन थियो। दुई करोड १६ लाख बजेटमा  त्रिवेणी शेर्पा लाहा जेभीले यो पुल निर्माणको ठेक्क लगेको थियो । 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ७:५७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया