जोनी डेप र एम्बर हर्डलाई अदालतले दियो लिखित आदेश, भन्यो– क्षतिपूर्ति रकम छिट्टै भर्नू

बलिउड अभिनेत्री जोनी डेप र अभिनेत्री एम्बर हर्ड आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् । हर्डले डेपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि उनले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरे ।

लामो समयपछि डेपले मुद्दा जितेका छन् । अदालतले एम्बरलाई १० मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । अब अदालतले यस विषयमा हस्तक्षेप गर्दै लिखित आदेश दिएको छ । 

जोनी–एम्बर मुद्दामा न्यायाधीशले आधिकारिक रूपमा क्षतिपूर्ति रकम घोषणा गर्दै पत्र जारी गरेका छन् । उनले आफ्नो आदेशमा दुवैले आ–आफ्नो रकम छिट्टै भर्न लेखेका छन् । जसमा जोनीको तस्बिर बिगारेको आरोपमा अदालतले एम्बरलाई १ करोड डलर तिर्न भनेको थियो । योसँगै न्यायाधीशले जोनीलाई एम्बरलाई २० लाख डलर दिने आदेश दिएको थियो ।
 
 हर्ड केही दिनअघि निजी विमानबाट वासिङ्टन डिसी पुगेकी थिइन् । अदालतको फैसलापछि हर्डले पहिलो पटक निजी विमानस्थलमा सार्वजनिक रूपमा देखा परेकी हुन् ।  यसअघि डेपका वकिलले एम्बरले अदालतको निर्णयलाई थप चुनौती दिएन भने हामी त्यसबाट क्षतिपूर्ति नलिने बताए ।

वकिलले थप भनेका छन्, ‘यो मानहानि मुद्दा पैसाको लागि कहिल्यै थिएन । यो केस सधैं जोनीको हराएको सम्मानको लागि थियो । यदि हर्डले मुद्दालाई थप तान्दैनन् भने जोनीले क्षतिपूर्ति रकम लिन सक्दैनन् ।’

के थियो विवाद? 

हर्डले डेपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि उनले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरे । हर्डले जोनीले दुर्व्यवहार र मानसिक उत्पीडन गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् । तर, अदालतले उनको पक्षमा फैसला गरे ।



अदालतको फैसलापछि हर्डले भनेकी छन्, ‘यो निर्णयले मेरो मन टुटेको छ ।’ डेपले भने अदालतको निर्णयले आफ्नो जीवन फिर्ता भएको बताए । 



  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ८:०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया