काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ०२–०३० प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको थाहा नगरपालिकाका राजु दुतराजको मृत्यु भएको हो ।
दुतराजले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुईवटा बसमा ठोक्किएको थियो । अनुसन्धानका लागि दुईवटै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।