ग्यारेथ बेल अमेरिकी क्लबमा अनुबन्ध

वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेल अमेरिकी क्लब लस एन्जलस एफसीमा अनुबन्धित हुने भएका छन् । मेजर लिग सकर (एमएलएस ) क्लबले उनलाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो ।

पाँच पटकका च्याम्पियन्स लिग विजेता बेलले एक सिजनका लागि लस एन्जलससँग सम्झौता गर्न सहमति जनाएको बताइएको छ । स्पेनिस क्लब रियल मड्रिड छाडेपछि बेल क्लबविहीन थिए ।  

सन् २०१३ मा इंग्लिस क्लब टोटेनहमबाट ८० मिलियन पाउण्डमा रियल आएका हुन् । बेलले सान्टियागाे बर्नाबेउमा ९ वर्ष बिताउँदा २५८ खेलमा १०६ गोल गर्नुका साथै ६७ गोलका लागि अवसर सिर्जना गरे । 

यसअघि लस एन्जलसले इटालीका पूर्व डिफेन्डर तथा पूर्व कप्तान जर्जियो चिलिनीलाई अनुबन्ध गरिसकेको छ ।





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ८:३६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया