धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा शनिबार डुबेर दुई बालकको मृत्यु भएको हो ।
पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४ का १५ वर्षीय सोनिम राई र धनकुटा नगरपालिका–२ का १४ वर्षीय उदय राईको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटा एग्रो टुरिजम एण्ड फन भ्यालीले पर्यटकहरूका लागि बोटिङ गर्न र माछा पालनको लागि बनाएको पोखरीमा उनीहरुको डुबेर मृत्यु भएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।