विश्व कीर्तिमानी तामाङको स्वास्थ्यस्थिति बुझ्न प्रचण्ड पुगे क्यान्सर अस्पताल
फरकधार / १२ असार, २०७९

सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेका आरोही शम्भु तामाङको स्वास्थ्यस्थिति बारे अध्यक्ष प्रचण्डले जानकारी लिएका छन् । आइतबार बिहान ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगेर प्रचण्डले तामाङको स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन् ।



सन् १९७३ मा सबैभन्दा कम उमेरमा सगरमाथाको सफल आरोहण गरी गिनिज बुकमा वर्ल्ड रेकर्ड राख्न सफल सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–२ घर भई हाल महाराजगञ्ज बस्ने तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन् ।

तामाङको स्वास्थ्य अवस्था बारे अध्यक्ष प्रचण्डले चिकित्सकहरूबाट जानकारी लिएका थिए । प्रचण्डले तामाङको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गरेका थिए । अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताए ।  





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ९:३४:३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया