भरतपुर विमानस्थलको टावरनजिकै लागेको आगो नियन्त्रणमा आएको छ । आगलागी १० मिनेटमै नियन्त्रणमा लिइएको हो ।
आगलागीबाट टावरमा कुनै नोक्सानी नभएको बताइएको छ । आगलागीबाट विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए ।
बिहान पौने ४ बजेको समयमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासि आगो लागेको थियो । बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ ।
आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको सूचना अधिकारी अधिकारीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।