नेपाली क्रिकेट टिमले क्यानडामा तीन खेल खेल्ने

नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडा भ्रमणको खेल तालिका सर्वजनिक भएको छ । क्यानले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले क्यानडामा एक अभ्यास तथा दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने छ । 

नेपालले ओन्टारियो क्रिकेट एकेडेमी क्लबसँग एक अभ्यास तथा क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो । नेपालले अभ्यास खेल १ जुलाई तथा एकदिवसीय सिरिज ४ र ५ जुलाईमा खेल्नेछ ।

तीनै खेल क्यानडाको ओन्टारियोस्थित किंग्स सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । नेपाली टोली मंगलबार क्यानडा प्रस्थान गर्ने क्यानले जनाएको छ । 

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत  स्कटल्याण्ड र नामिबिया पनि सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप क्यानडामा खेल्न लागेको हो । सिरिज स्कटल्याण्डमा जुलाई १० देखि १७ सम्म हुनेछ ।

नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाई र चौथो तथा अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने छ ।  





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ११:६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया