नाम फेर्दै दक्षिण ललितपुरको महांकाल गाउँपालिका

दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले आफ्नो पालिकाको नाम परिवर्तन गर्ने भएको छ ।  गाउँपालिकाको गाउँ सभाको दशौँ अधिवेशनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ बमोजिम प्रक्रिया अघि बढाई गाउँपालिकाको नाम संशोधन गरी महांकाल वैतरणी कायम गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष गणेश बहादुर केसीले बताए । 

‘हामी यो प्रस्ताव प्रदेशमा पठाउँछौं । प्रदेशले केन्द्रलाई पठाएपछि निर्णय हुन्छ,’ उनले भने । धार्मिक, सांस्कृतिक एवं पर्यटकीय हिसाबले पहिचान रहेकाले गाउँपालिकाको नाम संशोधन गरेर महांकाल वैतरणी कायम गर्ने निर्णय भएको अध्यक्ष केसीको भनाइ छ ।

दक्षिण ललितपुरको पर्यटकीय क्षेत्रको रूपमा परिचित महाकांलमा कालेश्वर महादेव मन्दिर, वैतरणी धाम, महांकाल मन्दिर र सिम्बा झरना रहेको छ । पछिल्लो समय यस क्षेत्रमा पर्यटकहरूको बाक्लो भिड लाग्ने गरेको छ । दक्षिण ललितपुरकै बागमती गाउँपालिकाको नाम नजिकै रहेको मकवानपुरमा पनि उस्तै नाम रहेको भन्दै नाम परिवर्तनको बहस जारी छ ।  





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ११:५८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया